घरजग्गामा लगानी नगर्न राष्ट्रिय सहकारी महासंघको अपील, यस्ता दियो सुझाव

  २०७९ साउन १७ गते १४:२४     विकासन्युज

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले तरलताको चाप पर्न गई सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाई भइरहेको सहकारीलाई संयमित रुपमा कदम चाल्न अनुराेध गरेकाे छ । मंगलबार एक सूचना जारी गर्दै महासंघले यस्ताे बताएकाे हाे ।

‘कतिपय सहकारी संस्थामा समेत तरलताको चाप पर्न गई सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाई भईरहेको तथ्य सार्वजनिक भएको छ । यस सन्दर्भमा सम्पूर्ण सहकारी संघ/संस्था तथा सदस्यहरुमा धैर्यताका साथ सतर्कता अपनाई थप संयमित रुपमा कदम चाल्नुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएकाे छ ।

महासंघले यस अवस्थामा ध्यान दिए काम गर्न अनुरोध गर्दै ८ सुझाव दिएको छ ।

यस्ताे छ सुझाव :

१. करिब एक वर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राख्नु ।

२. सदस्य एवंम् सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्नु।

३. सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्नु ।

४. परिस्थिति सहज नहुदा सम्म घरजग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्नु ।

५. जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनावद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहनु ।

६. महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजबुद बनाउनु ।

७. सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसंग नियमित सम्पर्कमा रहँदै यथासम्भव अभियानभित्रै कारोबार गर्नु ।

८. राष्ट्रिय सहकारी बैंक, केन्द्रिय, प्रदेश तथा जिल्लास्तरीय संघहरूले आफ्ना सदस्य संस्थाहरूसंग नियमित सम्पर्क र समन्वय गरी संस्था संचालनमा आवश्यक सहजीकरण गर्न सदस्यहरूले समेत अस्वाभाविक व्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोबार गर्नु ।

One comment on "घरजग्गामा लगानी नगर्न राष्ट्रिय सहकारी महासंघको अपील, यस्ता दियो सुझाव"

  • Santosh Shrestha says:

    एभरेष्ट बैंकले सुचनाचै के को आधारमा टासेछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.