४० बिघा जग्गामा एग्रो टुरिजम व्यवसाय गर्दै वाग्ले, कराेडौंको लगानी

  २०७९ साउन १६ गते १३:५१     विकासन्युज

काठमाडौं । जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छा बहादुर वाग्लेले कृषि-पर्यटन व्यवसाय गर्ने तयारी गरेका छन् । अध्यक्ष वाग्लेले बारामा कृषि-पर्यटन व्यवसाय गर्ने तयारीका साथ काम गरिरहेका छन् ।

उनका अनुसार अहिले त्यसका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ । उनले ४० बिघा क्षेत्रफलमा सो व्यवसाय गर्ने तयारी थालेको बताए । नेपालका उत्पादनहरु अर्गानिक रुपमा राखेर त्यही आफुले नै खपत गर्ने योजनाका साथ सो व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

‘बारामा मेरो आफ्नै होटल पनि छ, कृषि-पर्यटन व्यवसायबाट उत्पादन वस्तुलाई होटलले नै खपत गर्छ, अब पर्यटनसँगै कृषिमा पनि जाने तयारी गरेको हुँ, पर्यटकका लागि पनि सो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्छ,’ उनले विकासन्युजसँग भने ।

‘अहिले त्यसको लागि जग्गा खरिदको तयारीमा लागको छौं, यसको लागि करिब ४० बिघा जमिनको आवश्यक पर्छ, करिब १५ बिघा जमिन खरिद गरिसकेका छौं, सो ठाउँमा जग्गाको मूल्य कठ्ठाको ३ लाख रुपैयाँ जस्तो पर्न जान्छ, झन्डै ६० लाख रुपैयाँ बिघाको पर्छ, जमिन खरिदको लागि ३०/४० करोड रुपैयाँ लाग्न सक्छ, यसलाई एकै पटकभन्दा पनि क्रमबद्ध रुपमा विकास गर्दै लैजाने हो,’ उनले भने ।

उनका अनुसार सो क्षेत्रमा सयौंले रोजगारी पाउनेछन् भने कराडौं लगानी लाग्नेछ । परियोजनाको विस्तृत अध्ययन गर्न भने बाँकी नै छ ।

उनका अनुसार सो क्षेत्रमा समय अनुसारको बिउ बिजन पनि उपलब्ध गराउने कृषि जडिबुटी, फलफूल उपादन गर्नेदेखि अन्न पनि उत्पादन हुनेछ ।

उनले यसको सञ्चालन फागुनबाट हुने बताए । उनले बारालाई स्वदेशी तथा विदेशी पर्यटकको हब बनाउने योजना रहेको सुनाए ।

पछिल्लो समय कृषि पर्यटनको चर्चा निकै बढेको देखिन्छ । कोरोना महामारीका कारण पर्यटन व्यवसाय संकटमा परेपछि त यसको महत्व झनै बढेको छ ।

नेपाल भुपरिवेष्ठित मुलुक भएका कारण कच्चा पदार्थ ल्याउन सहज नहुने भएकाले यहाँ ठूला ठूलो कलकारखाना र उद्योग सञ्चालन गर्न सहज छैन । तर यसको विकल्पमा नेपालको आर्थिक विकासमा पर्यटन र कृषि उपयुक्त माध्यम बन्न सक्ने धेरैको बुझाइ छ ।

एग्रो टुरिजमलाई लक्षित गरेर स्थापना गरिएका फार्म हाउसहरुमा आफ्नै उत्पादनमा जोड दिने गरिन्छ । वाग्लेले सो क्षेत्रमा बास पनि बस्न मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.