महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

  २०७९ साउन १६ गते १३:१८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँको १० लाख कित्ता दश वर्षे ऋणपत्र बिक्री गर्न भएको छ । प्रति कित्ता १ हजार अंकित यस ऋणपत्रको बिक्री प्रबन्धकमा बैंकले एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

सोमबार उक्त सम्झौतामा महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सम्झौता भएको छ ।

उक्त ऋणपत्र मध्ये ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.