टिभिएसले ल्यायो बबाल फाईनान्स अफर, ३ हजार ९०८ रुपैयाँमा नै अपाचे बाइक पाइने

  २०७९ साउन १५ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपालका लागि टभिएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बबाल फाइनान्स अफरु ल्याएको छ । जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्नेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टभिएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआइ क्रमश : जुपिटरमा ३ हजार ९०८ रुपैयाँ, एनटोर्क स्क्वायड एडिसनमा ५ हजार २५४ रुपैयाँ र अपाचे आरटिआर २०० फोर भिमा ६ हजार ८२२ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यसैगरी, अपाचे आरटिआर २००फोर भि को नगद खरिदमा ग्राहकहरूले टिभिएस रेसिङ ज्याकेट निस्शुल्क प्राप्त गर्न सक्नेछन् ।

साथै, कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टिभिएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टिभिएसले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभिएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन।

जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.