२०७९ साउन १५ गते १६:२० विकासन्युज
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ ।
यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् ।
त्यसैगरी, यस अन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निस्शुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
The great work
अनलाईन बाट खाता खोल्ने सुबिधा छैन सर।
2 Lakhi ko kati hunxa hjr
90% कर्जा कति प्रतिशत व्याजमा उपलब्ध हुन्छ
यसमा कति रुपिया जम्मा गर्नु पर्नेछ
अन्लाईन खाता खोल्नु सकिन्छ कि सकिन्न ??
मुद्दाती खातामा पहिले जतिहाल्यो तेति मात्रै पाउने हो कि बिच बिचमा amount थप्नु पाउछ??
कहिले देखि लागू हुने हो।
I am redy
Online bata form varnaa paam na hajur.