तिलगंगा आँखा प्रतिष्ठानले माग्यो सिनियर रिसर्च अफिसर

  २०७९ साउन १३ गते १३:०६     विकासन्युज

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान (इन्सीटियुट अफ अफथलमलोजी)ले सिनियर रिसर्च अफिसर मागेको छ । प्रतिष्ठानले शुक्रबार एक सूचना प्रकाशन गर्दै सातौं तहको सिनियर रिसर्च अफिसरको लागि १ जना कर्मचारी मागेको हो ।

प्रतिष्ठानको अनुसार सातौं तहको सिनियर रिसर्च अफिसर  लागि पब्लिक हेल्थमा ब्याचलर गरेको र आई हेल्थ सम्बन्धि अनुभव भएको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी भाषा राम्रो भई कम्प्युटर सम्बन्धी ज्ञानका साथै,  प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हुनुपर्नेछ ।

इच्छुकल आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र संस्थाको वेवसाइटमा गएर साउन २७ गतेभित्र आवेदन दिनसक्ने प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.