लक्ष्मी बैंकको सीईओमा पुनः शाह, ४ वर्षका लागि थपियो कार्यकाल

  २०७९ साउन १२ गते १२:०७     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बनेका हुन् । अब उनले ४ वर्षका लागि काम गर्नेछन् ।

तीन दशक लामो बैंकिङ अनुभव भएका शाहकले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले सो बैंकमा १० वर्ष काम गरेका थिए ।

शाहको नेतृत्वमा लक्ष्मी बैंकले आफ्नो छुट्टै छवि निर्माण गरेको छ । हरेक वित्तीय परिसूचकमा अब्बल रहेको लक्ष्मी बैंकले बैंकभित्रबाटै नेतृत्व चयन गर्ने अभ्यास आत्मसाथ गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.