साढे १ लाख रुपैयाँले बढ्यो बीवाइडी इ सिक्स कारको मूल्य

  २०७९ साउन ११ गते १८:२७     विकासन्युज

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंकले गाडीको मूल्य बढाएको छ ।

कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएपनि बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको जनाएको छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर ९डलरको मूल्य महंगो० भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाई छ ।

कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेका छ । साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएका छ ।

पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण मूल्य बढाउनु परेको साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बताए । सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बस्नु भएका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.