श्रीलङ्काका ग्यास स्टेशनहरूले क्युआर कोड मात्र स्वीकार गर्ने

  २०७९ साउन ९ गते १९:४८     विकासन्युज

श्रीलङ्का । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले सोमबार देशका ग्यास स्टेशनहरूले अगस्ट १ देखि राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली मात्र स्वीकार गर्ने बताएका छन् ।

विजेसेकेराले सबै ग्यास स्टेसन सञ्चालकहरुले तत्काल र निकट भविष्यमा क्युआर कोड प्रणाली अपनाउनुपर्ने र त्यो प्रणाली पालना गर्ने ग्यास स्टेशनहरूलाई मात्र इन्धन वितरणमा प्राथमिकता दिइने बताएका हुन् ।

मन्त्रीले ६० प्रतिशत ग्यास स्टेशनहरूले पहिले नै सो प्रणाली लागू गर्न सक्षम रहेको बताएका छन् । जनतालाई राष्ट्रिय इन्धन पासमा दर्ता गर्ने काममा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

राष्ट्रिय इन्धन पास मङ्गलबारदेखि विभिन्न ग्यास स्टेशनमा लागू गरिने विजेसेकेराले बताएका छन् ।

श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.