डीएचआई गुणस्तरमा नम्बर वान छ : सीईओ पौडेल

  २०७९ साउन ९ गते १०:४३     विकासन्युज

नेपाली इलेक्ट्रोनिक्स बजारमा डिजिटल होम इन्टरनेशनल (डीएचआई) एक परिचित ब्राण्ड हो । छोटो समयमा नै लोकप्रिय बन्दै गएको उक्त ब्रान्डले विद्युतीय घरायसी उपकरण (होम अप्लाएन्स) को उत्पादन तथा वितरण गर्दै आएको छ । नेपाली ब्रान्ड रहेको डीएचआईले उच्च प्रविधिको प्रयोग गरी इलेक्ट्रोनिक्स सामानहरूको उत्पादन गरी बिक्री गरिरहेको छ । डीएचआई ब्राण्डको उत्पादन ठूला सहरका मानिसहरुले उपभोग नगरेको सायद विरलै होलान् । अब गाउँगाउँमा पनि डीएचआईको प्रडक्ट पुर्याउने योजना कम्पनीको छ ।

डीएचआईले ग्राहकको चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरू बजारमा ल्याउँदै आएको छ । अत्याधुनिक र नवीनतम् प्रविधिमा निर्मित डीएचआईका रेफ्रिजरेटरहरूको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकहरूको जीवनशैलीमा विशेष प्रभाव पार्ने र सहजता ल्याउने कम्पनीको दाबी छ । कम्पनीको काम, यसले उत्पादन गर्ने सामान, भावी योजना लगायतका विषयमा होम इन्टरनेसनल (डीएचआई) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकान्त पौडेलसँग राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

डिजिटल होम इन्टरनेसनल (डीएचआई) कस्तो कम्पनी हो, यसले कस्ता सामानको उत्पादन गर्छ ?

डीएचआई होम अप्लाएन्सको प्रिमियम सेक्टरको कम्पनीमात्र नभई यो एउटा ब्रान्ड हो । यसले विद्युतीय घरायसी उपकरणहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीको स्थापना सन् २०१९ मा भएको हो । त्यस पश्चात् २०२१ को अन्त्यसम्म सेटप बक्सको एसेम्बल गर्याे । यो डिजिटल टेलिभिजन हेर्ने डिभाइस हो । त्यसको काम सकिसकेपछि यसलाई होम अप्लाएन्समा पनि एसेम्बल गर्नुपर्छ भन्ने मनसायले यस कम्पनीको स्थापना गरेका हौं ।

नेपालमा बिद्युतको उपलब्धता बढ्दै छ । भविष्यमा होम अप्लाएन्सको आवश्यकता बढ्नछ । यस्तो अवस्थामा होम अप्लाएन्सको उत्पादन तथा बिक्री गर्नुपर्छ भन्ने मनसाय थियो । त्यो पश्चात् इन्टरनेट र डीटीएच सेवा प्रदायक कम्पनी डिस होमसँग आफ्नो भगिनी सम्बन्ध कायम गरी कम्पनी डिजिटल होम इन्टरनेशनल प्रालिमार्फत् विद्युतीय घरायसी उपकरण (होम अप्लाएन्स) को उत्पादन तथा वितरण अघि बढायौं । १ अर्बको लगानी गरेर यो कम्पनीको सुरुवात गरेका हौं । अहिले हामीले नेपालको मुख्य ठाउँमा मेजर डिलरको मातहतबाट उपभोक्ताहरूलाई डीएचआइ ब्रान्डका सामानको बिक्री गर्दै आएका छौं ।

डिएचआईका विभिन्न उत्पादन जस्तै, टेलिभिजन देखि कपडा धुनी मेसिन लगायतका सामान्य घरमा प्रयोग हुने इलेक्ट्रोनिक्स होम अप्लाएन्सको यो प्रदायक कम्पनी हो । नेपालको मेजर सिटी र कतिपय पहाडका इलाका पनि यस ब्रान्डका उत्पादनहरू उपलब्ध छन् । घरायसी कामलाई छिटो, छरितो र झन्झटरहित तरीकारले सक्न घरायसी विद्युतीय उपकरणहरूको उत्पादन र वितरण सुरू गरेका हौं ।

डीएचआई ब्रान्डका सामानहरू कुन–कुन ठाउँमा उपलब्ध छन्, सामानको मूल्य कस्तो छ ?

डीएचआइका सामानहरू इलेक्ट्रोनिक्स सामानहरू बिक्री वितरण हुने ठाउँमा पाइन्छ । यसका ब्रान्डको सामानहरू सजिलै उपलब्ध गर्न सकिन्छ । २ सय भन्दा बढी हाम्रो डिलरहरू छन् । ती पसलमा गएर पनि यो ब्रान्डका सामानहरू किन्न सकिन्छ । यसका साथसाथै अनलाइनबाट पनि अडर गर्न सकिन्छ । डीएचआई ब्रान्डका सामानहरू प्रीमियम रेन्जको प्रडक्ट हो । अहिले हामीले लञ्च पेज भएको कारणले गर्दा यसलाई बजेट मूल्यमा नै राखेका छौं । जुन चाहिँ नेपाली उपभोक्ताहरूले किन्न सक्ने मूल्य भित्र पर्छ । हामीले सामानको बजेट हेरेर मूल्यको निर्धारण गरेका छौं ।

डिलर विस्तार गर्ने योजना के छ ?

हामी आफै इलेक्ट्रोनिक्स घरायसी उपकरणको उत्पादन तथा बिक्री गर्ने कम्पनी भयौं । नेपालको मेजर २०/-२२ वटा सिटीमा हाम्रो सर्भिस नेटवर्क छ । डिलरको विस्तारलाई पनि हामीले बढाउने योजना बनाएको छौं । हाम्रो पहिलो प्राथमिकता सर्भिस हो ।सुरुवात देखिनै सर्भिस सेन्टर हुनुपर्छ बिक्री पछिको सेवा दरिलो हुनपर्छ भन्ने हाम्रो मान्यता हो ।

सर्भिस बिना अहिलेको समयमा हामी टिक्न सक्दैन । सर्भिस भइसकेपछि हामीले उत्पादन भएका सामान जति बिक्री गछौं, त्यति नै हामी बिक्री पछिको सेवालाई फोकस गर्छौं । ताकी उपभोक्ताले हाम्रो सामान लिइसकेपछि ढुक्क भएर चलाउन सकुन् । विश्वसनियताको आधार पनि हाम्रो सर्भिस नै हो । हाम्रो प्रडक्ट प्रायः नेपालमा नै उत्पादन हुन्छ । यहाँ उत्पादन हुन नसकेका सामानहरू भारत र चीनबाट ल्याउँछौं ।

उपभोक्ताहरूले डीएचआई इलेक्ट्रोनिक्सको कुन सामान बढी रुचाउँछन्, अथवा बढी माग र खपत कुन सामानको बढी हुन्छ ?

माग र खपत समय अनुसार हुन्छ । अहिलेको अवस्था हेर्ने हो भने विद्युतिय चुलोको माग बढी आइरहेको छ । अहिले नेपालका दुर्गम ठाउँमा पनि बिजुली पुगिसकेको छ । त्यसैले इलेक्ट्रोनिक्स सामानहरु प्रयोग गर्ने मासिनको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । विद्युतीय चुलोको माग उच्च भएका कारण विशेष अहिले हामीले विद्युतीय चुलो उत्पादनमा नै फोकस गरेर काम गरिरहेका छौं । हाम्रो क्वालिटी राम्रो भएको कारणले पनि ग्राहकले रुचाएका छन् । समग्रमा ग्राहकले हाम्रो सबै सामान रुचाएका छन् । हामीले ग्राहकले कुन सामान बढीरुचाए भनेर थाहा पाउनको लागि त्यसको सेल्स र डिमाण्ड नै हेर्ने हो ।

उपभोक्ताहरूले तपाईंको सामान किन प्रयोग गर्ने ? यसको विषेशता के कस्ता छन् ?

अहिले हामीले दुई वटा कुरा उत्पादनको गुणस्तर र बिक्रीपछि सेवामा फोकस गरेर काम गरिरहेका छौं । यस ब्रान्डबाट उत्पादन भएको सामानलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ । यसमा हामीले कुनै पनि कम्परमाइज्ड गरेका छैनौं । विद्युतीय सामान हो । कहिले काहिँ समस्या नआउला भन्न सकिन्न । तर, यी समस्याको समाधान गर्ने पनि हाम्रो कम्पनीको दरिलो नेटवर्क छ । त्यो नेटवर्कले सामानको मर्मत सम्भार गर्छ । हाम्रो उत्पादनको सामानहरू उपभोक्ताको बजेटले नै आउँने गरी मूल्यको निर्धारण गरेका छौं । बिक्री पछिको सेवा पनि हाम्रो दरिलो नेटवर्क भएको कारणले हाम्रो उत्पादन अन्य प्रडक्ट भन्दा उत्कृष्ट छ । त्यही भएर डीएचआईका सामानहरूको प्रयोग गर्न आग्रह गर्छु । हामीले बनाएको प्रडक्ट विश्व गुणस्तरीय छन् ।

डीएचआई इलेक्ट्रोनिक्सको आगामी योजना के छ ?

आगामी दिनमा नेपालमा नै बढी भन्दा बढी गुणस्तर सामानको उत्पादन गर्ने सोचमा छौं । नेपाली उपभोक्ताहरूलाई नयाँ टेक्नोलोजीसँगै अगाडि बढाउने काम अहिले पनि गरिरहेका छौं र अझैँ पनि गर्नेर्छौं । अहिले हामी जुन प्रडक्ट दिइरहेका छौं त्यसको परिस्कृत रूप र झन् बढी गुणस्तर दिने काम हामी गर्छौं ।

हाम्रो मुख्य लक्ष्य भनेको प्रत्येक नेपालीको घरमा डीएचआईका प्रडक्ट पुर्याउनु हो । बजारमा प्रतिस्पर्धी हुनलाई स्थानीय स्तरमा मुल्याङकन धेरै हुनुपर्छ । सामानको मुल्य घटाउनको लागि भनेर गुणस्तर कमी आउन दिने छैनौं । यो एक नेपाली ब्रान्ड हो । यस कम्पनीमा विदेशी केही पाटर्नरहरु छन् । उनीहरूसँग हामीले प्रविधि सहयोग माग गरेका छौं । अहिले नै यसलाई ग्लोबल ब्रान्ड भन्ने नभनौं भोलिको दिनमा हुन पनि सक्ला ।

आगामी दिन होम अप्लाएन्सको सामानहरू यहिनै उत्पादन गर्छौं । प्रविधिका हिसाबलअहिले हामीलाई चाइनाको टिमले सहयोग गरिरहेको छ । यो टिमबाट यहाँका कर्मचारीलाई पनि त्यो ज्ञान बारेमा सिकाइरहेका छौं । सधै भरी विदेशी नै आएर सामान बनाउँछ सकिँदैन । त्यस कारणले गर्दा दक्ष जनशति अहिलेको आवश्यकता पनि हो । केही समयपछि नेपाली जनशक्तिले नै गुणस्तर सामानको उत्पादन गर्ने सक्ने किसिमले काम गरिरहेका छौं । हाम्रो कम्पनीबाट अहिले एक सय जनाले रोजगारी पाइरहेका छन् ।

तपाईंहरुको प्रडक्टकहरु प्रयोग गर्ने उपभोक्ताबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?

हामीलाई राम्रै र सकारात्मक प्रतिक्रिया नै आइरहेको छ । हाम्रो प्रडक्ट उपभोक्ताले लिइसकेपछि हामीले उनीहरूलाई कल गर्छौं । उपभोक्ताले हाम्रो सामान प्रयोग गरेपछि उनीहरूको सुझाव लिनको लागि सो कल गर्ने गरेका हौं । कतिपय अवस्थामा उभोक्ताहरुबाट कस्तो सुझाव आउँछ भन्ने विषयमा थाहा पनि हुन्छ । उनीहरूको सुझावलाई कलेक्ट गरी हाम्रो सामानहरूको गुणस्तर अझै राम्रो बनाउने प्रयास गर्छौं । उपभोक्ताबाट राम्रो प्रडक्ट चाहियो मूल्य चाहिँ बेस्ट हुनु पर्याे चाहि कम हुनु पर्याे भन्ने सन्देश आउँछ । त्यो दुबैलाई समेटेर लग्ने योजना बनाएका छौं । मूल्यलाई पनि समायोजन गर्ने नै छौं । यो एकै चाटोमा हुँदैन बिस्तारै हुने भएको निश्चित मूल्यको किटान अवश्य नै गर्ने छौं । जनरल ग्राहकहरू डीएचआई ब्रान्डप्रति विश्वस्त गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

अहिले बजार विस्तारको रणनीति कसरी अपनाइरहेको छ ?

सबैभन्दा पहिला ब्रान्डको ‘इस्टाबिलिस’ नै महत्वपुर्ण छ । अहिले अनलाइनबाट बजारिकणको उपयाहरु अपनाइरहेका छौं । हाम्रो प्रडक्टको गुणस्तर नम्बर वान छ । बजारमा मात्रै फोकस गरेर गुणस्तरतर्फ ध्यान दिएनौं भने धेरै समय हामी टिक्दैनौं । लामो समयसम्म हामी सफलता हासिल गर्नको लागि गुणस्तर सामान उपभोक्ता बीच पुर्याउने काम गर्छौं ।

अब तत्कालै ल्याउने कुनै नयाँ प्रडक्ट छ ?

अहिले हाम्रो प्रडक्टको रेन्ज १५ वटा छ । अहिले त्यसलाई २८ देखि ३० वटा पुर्याउने लक्ष्यमा छौं । प्रडक्टको रेन्ज घरायसी उपकरणहरू नै हुन् । कम्पनीले हाल फ्रिज, वासिङ मेसिन, वाटर फिल्टर, वाटर हिटर, इन्डक्सन, इन्फ्रारेड स्टोभ, राइस कुकर, भ्याक्युम क्लिनर, ग्रान्डरजस्ता १५ भन्दा बढी घरायसी उपकरणको उत्पादन तथा बिक्री गरिएको छ । अझैँ हामी उपकरणहरू थप्ने तयारीमा नै छौं ।

अन्त्यमा, यस कम्पनीको उत्पादन प्रयोग गरिरहेका उपभोक्ताहरूलाई डीएचआई ब्राण्डको सन्देश केही छ ?

तपाईंले गर्ने एउटा राम्रो निर्णय मध्ये डीएचआईको प्रोडक्टहरु उपभोग हुन सक्छ । यस प्रडक्टको सामानहरू खरिद गरेपछि मैले राम्रो सामान नै किने रहेछु भने फिल सामान प्रयोग गरेपछि थाहा हुन्छ । सामान प्रयोग गर्दै गर्दा आउने समस्यालाई हामी हेर्छौं । त्यस कारणले उपभोक्ताहरूको लागि होम अप्लाएन्सका सामानहरू किन्दा राम्रो हुन्छ । तपाइलाईको बजेटको हिसाबले हामीले यसको डिजाइन गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.