नेपालमा लोकप्रिय बन्दै भिभो मोबाइल

  २०७९ साउन ८ गते ११:५८     विकासन्युज

काठमाडौं । बजारमा उपलब्ध धेरै मोबाइल ब्राण्डहरुकाबीच पछिल्लो समयमा भिभो मोबाइललाई धेरै नेपालीहरुले रुचाउन थालेका छन् । शुरुवातको अवस्थामा क्यामेरा मोवाइलको रुपमा पहिचान बनाएको भिभोले अहिले मोबाइलको सम्पूर्ण फिचरहरुमा आफुलाई प्रतिस्पर्धी र कतिपय फिचरमा आफुलाई अब्बल बनाएको छ । नेपालमा एपेक्स मनोकामना र सेलुसिटी प्रालीले भिभो मोबाइलको आधिकारिक रुपमा बिक्री गर्दै आएका छन् ।

नेपाली बजारमा अहिले भिभोको वाई सेरिज र भि सेरिजका १० प्रकारका मोबाइल उपलब्ध छन् । कम्पनीले वाई सेरिजका मोबाइल उपभोक्ताहरुको लागि बजेट फ्रेन्डली भएको र भि सेरिजको मोबाइल कन्टेन्ट क्रियटरका लागि विशेष रहेको जनाएको छ ।

वाई सेरिजका मोबाइलमा स्मार्टफोनमा हुने आधारभुत सुविधाहरु समावेश गरिएको छ । जसलाई कम्पनीले लो, मिडियम र हाइयर फिचरमा उपलब्ध गराएको छ । यो सेरिजका मोबाइलको मूल्य १० हजार देखि ३५ हजार सम्ममा विभिन्न फरक विशेषतामा पाउन सकिन्छ ।

भि सेरिजका मोबाइलमा भिडियो र क्यामेराको गुणस्तर उच्च प्रकारको रहेको छ । भिभोले डिजाइनलाई खास महत्व दिँदै आएको छ । त्यसैले भिभोका आकर्षक डिजाइनमा ग्राहकको रुची देखिएको कम्पनीकी जनसम्पर्क स्पेशलिस्ट बिनिता कार्की बताउँछिन् । कम्पनीले पछिल्लो समयमा बजारमा ल्याएको भि २३ फाइभ जी को बाहिरी कभर विशेष प्रकारको बनाएको छ । जसको कभरको घाम भएको ठाउँमा र नभएको ठाउँमा छुट्छुट्टै कलर चेन्ज हुने गर्दछ । यो मोबाइल क्षेत्रको डिजाइनमा नै नयाँ आयाम हो । भि सेरिजका मोबाइल अधिकतम ५६ हजार नेपाली रुपैयाँ सम्ममा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कोभिड-१९ महामारीले स्मार्टफोनको बजारमा केही समय बुमको अवस्था सिर्जना भएको र अहिले भने ग्राहकहरुको माग बढ्दो अवस्थामा रहेको छ । नेपाली बजारमा खास गरी दशैं र नयाँ वर्षमा मोबाइलको खरिद बिक्री अधिक हुने कार्की बताउँछिन् । अहिले भिभोको वाई ३३ फाइभ, वाई ३५ र भि २३ ५जी अत्यन्तै राम्रो बिक्री भएको उनको भनाइ छ ।

भिभो सर्भिस डे सुविधा

भिभोले गुणस्तरका साथै यसको निरन्तर अपडेट र सर्भिसको सुविधाले पनि ग्राहकहरुमा थप विश्वास जित्न सफल भएको हो । अहिले कम्पनीले नेपालमा ४ वटा ठाउँमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ । सर्भिस सेन्टरहरु काठमाडौंको सिभिल मल, इटहरी, पोखरा र नारायणगढमा रहेका छन् । कम्पनीले अंग्रेजी महिनाको २७ देखि २९ सम्म भिभो सर्भिस डे मनाउने गरेको छ । भिभो सर्भिस डे को समयमा क्लिनिङ, सर्भिसिङ र फोन रिपेयरिङ गर्दा श्रम लागत नलाग्ने कम्पनीले जनाएको छ । साथै मोबाइलको ओएस अपडेट निःशुल्क उपलब्ध हुने व्यवस्था रहेको छ ।

भिभो मोबाइल  रिपेयरिङ गरेको ३० दिनभित्र हार्डवयरमा समस्या आयो भने मोबाइल नै एक्सचेन्ज गर्न सकिने सुविधा पनि प्रदान गरेको छ । भिभोका सबै फोनमा एक वर्षको वारेन्टी प्राप्त गर्न सकिन्छ । साथै मोबाइलका विभिन्न पार्टहरुमा पनि ६ महिनाको वारेन्टी रहेको छ । त्यस्तै भिभोको मोबाइलमा रहेको र्याम भरिएपछि एक्पान्ड गर्न मिल्ने सुविधा कम्पनीले उपलब्ध गराएको छ । यो मोबाइल उपभोक्ताको लागि अत्यन्तै सुविधाजनक सेवा रहेको कार्की बताउँछिन ।

नेपालीहरुले विदेशबाट खरिद गरेर ल्याएका भिभो मोबाइलहरुमा समस्या आएमा नेपाली सर्भिस सेन्टरबाट सर्भिस गर्ने सुविधा लिन सकिन्छ । विदेशबाट खरिद गरेर ल्याएका फोनहरुमा पनि ३ महिनाको वारेन्टी सुविधा नेपाली सर्भिस सेन्टरहरुबाट लिन सकिन्छ ।

ग्राहकमैत्री अनुसन्धानमा भिभो

भिभोले ग्राहकको चाहनालाई सम्बोधन गर्न डिजाइन, क्यामेरा र विभिन्न फिचरमा अनुसन्धान र अपडेट गर्ने कार्यलाई निरन्तरता गरेको छ । अहिलेसम्म अन्य मोबाइल फोनको तुलनामा भिभो क्यामेरा र डिजाइनमा अब्बल रहेको कम्पनीको दाबी रहेको छ । स्लिम डिजाइन र विशेष क्यामेरा भिभोको महत्वपूर्ण विशेषता हो ।

भिभोले विश्वका विभिन्न ठाउँमा ८ वटा रिसर्च सेन्टर स्थापना गरेर ग्राहकको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने विषयमा अनुसन्धान गरिरहेको छ । पछिल्लो समयमा भिभोले मोबाइलमा भ्यालु एड गर्ने गरी अनुसन्धान गरेको कम्पनीको दाबी छ । अहिलेसम्म बिक्री भएका मोबाइलमध्ये ९७ प्रतिशत भन्दा धेरै मोबाइलमा गुनासो नआएको कार्की बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.