नेपाली बैंक ओभर स्ट्रेस छन्, आगामी दिन थप चुनौतीपूर्ण छ : डा. गौचन

  २०७९ असार २९ गते १६:४६     विकासन्युज

काठमाडाैं । अर्थविद् डा. विश्वास गौचनले नेपाली बैंक ओभर स्ट्रेसमा रहेकाे बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आगामी दिन थप चुनौतीपूर्ण रहेकाे बताए । ‘८ प्रतिशतको आर्थिक वृद्धि कुनै हालतमा हुँदैन, यो महत्वकांक्षी छ, मूल्यवृद्धि पनि ७ प्रतिशत भित्र कायम गर्न कठिन छ, अब आउने वर्षहरु थप चुनौतिपूर्ण छन्,’ उनले भने ।

अर्थविद् गाैचनले बैंकिङ क्षेत्र र निजी क्षेत्रले समन्वय गर्न आवश्यक रहेकाे बताए ।

‘अब महत्वपूर्ण भनेको क्रेडिट ग्रोथलाई मिडियम ट्रममा १५ प्रतिशतमा झार्दा लोमो अवधिमा नोमिनल ग्रोथ करिब १३ प्रतिशतभित्र राख्नुपर्छ, र, क्रेडिट ग्रोथलाई एउटा जग्गाको मूल्यलाई अब स्थीर बनाउन आवश्यक छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.