एकैदिन ३.८९ प्रतिशतले परिसूचक घट्दा कारोबारमा देखियो सुधार

  २०७९ असार २७ गते १५:२०     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार ३.८९ प्रतिशतले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको बजारमा नेप्से परिसूचक अन्तिममा ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको हो ।

बजारमा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत शुक्रबार १ अर्ब १६ करोडमा सीमित भएको कारोबार आइतबार भने २ अर्ब ३२ करोड रुपैयाँ बराबरको भएको छ । जुन एकैदिन १ अर्ब १५ करोड रुपैयाँले बढी हो ।

२२७ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने एकैदिन १५२ रुपैयाँले घटेर ३२५५ रुपैयाँमा झरेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा ८ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा टप गेनरको शीर्ष स्थानमा सोल्टी होटल्ससहित अधिकांश ऋणपत्रहरु रहेका छन् । बैंक अफ काठमाण्डू, गुडविल फाइनान्स र सानिमा बैंकको विभिन्न २ प्रकारको ऋणपत्रको भाउ बढेको छ । त्यस्तै, मेगा म्युचुअल फण्डको बढेर ७.७९ रुपैयाँ पुगेको छ ।

आइतबार टप लुजरको शीर्ष स्थानमा दुई लुघवित्त रहेका छन् । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर प्रतिकित्ता ६७८.६० रुपैयाँमा झरेको छ । त्यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१५ प्रतिशतले घटेर प्रतिकित्ता ७९२.४० रुपैयाँमा झरेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.