२५ वर्षको उमेरमै विश्वका धनाड्य बनेका जोन डिको ‘डायरी’, सम्पत्तिभन्दा शान्ति आवश्यक

  २०७९ असार २२ गते १२:५८     विकासन्युज

काठमाडौं । संसारको सबैभन्दा धनाड्य व्यक्ति हुन् जोन डि रकफेलर । उनी २५ वर्षको उमेरमै दुनियाँको धनाढ्य व्यक्ति भई अमेरिकाको ठूलो तेल रिफाईनिङ कम्पनीको मालिक बने ।

उनी ३१ वर्षको उमेरमा दुनियाँकै सबैभन्दा ठुलो तेल रिफाईनर बने भने ३८ बर्षको उमेरमा अमेरिकाको ९० प्रतिशतभन्दा बढी रिफाईन ओईलको कमाण्ड आफूले सम्हाले । ५० बर्षको उमेरमा उनी अमेरिकाकै धनाढ्य व्यक्ति बनिसकेका थिए ।

जब उनको मृत्यु भयो, उनी दुनियाँकै धनाढ्य व्यक्ति बनेका थिए । उनले जीवनमा लिने प्रत्यक निर्णय जीवन प्रतिको दृष्टिकोण आफ्ना सम्बन्धहरु उनले आफ्नो व्यक्तिगत शक्ती र धन बढाउनको लागि उपयोगमा ल्याएका थिए । तर, ५३ बर्षको उमेरका भएपछि अचानक उनी बिरामी परे ।

अचानक बिरामी हुँदा अर्बपति जस्तो मानिसले सामान्य सुपको भरमा आफ्नो जिवन बचाइरहे ।

न निदाउन सक्थे, न मुस्कुराउन सक्थे, जीवनमा केही पनि कुरा उनको लागी महत्वपूर्ण थिएन, त्यतिखेर कुशल चिकित्सकहरुले पनि भविष्यवाणी गरेका थिए अब उनी बाच्ने उमेर एक बर्ष मात्रै बाँकी छ ।

त्यो एक बर्ष कष्टको साथ निकै सुस्त भएर उनि बाँचिरहेका थिए । जब उनी मृत्युको नजिक पुग्दै थिए उनमा अचानक आफ्नो सम्पूर्ण सम्पत्तिको याद आयो ।

आफूले हालसम्म कमाएको सम्पूर्ण सम्पत्ति अर्काे दुनियाँमा लिएर जान सक्दिन, त्यो व्यक्ति हुँ म जसले पुरै व्यापारको दुनियाँलाई नियन्त्रणमा राख्थे । आफ्नो शरिर, जीवन पनि नियन्त्रणमा राख्न सकिरहेको छैन । उनीसंग एक मात्र विकल्प थियो, आफ्ना वकिलहरु तथा एकाउटेन्ट म्यानेजरलाई बोलाएर घोषणा गरेर आफ्नो सम्पूर्ण  सम्पत्तीलाई अनुसन्धानको क्रममा दान धर्मको नाममा दिने भनेर जन डि रकफेलरको नामक फाउडेन्सन स्थापना भयो ।

यसले स्वास्थ्यको क्षेत्रमा उपचारको क्षेत्रमा उल्लेखनीय कामहरु गर्न सफल भयो । आश्चर्यजनक कुरा, जब उनले आफ्नो कमाईको हिस्सा अस्पताललाई दान दिए, त्यसपछि उनको स्वास्थ्यमा क्रमश सुधार हुँदै आयो ।

५३ वर्षको उमेरमा अब १ वर्ष बाच्ने अवधि छ भनियो, त्यसपछि उनी ९८ वर्षको उमेरसम्म बाच्न सफल भए । उनले आफू स्वस्थ भएपनि अस्पताललाई दान दिएको सम्पक्ति फिर्ता लिएनन् ।

उनले आफ्नो विगतका कुराहरु एउटा डायरीमा लेख्न थाले । उनले लेख्न थाले, मैले जिबनमा काम गर्न सिकें, मेरो जीवनमा बिरामी एउटा लामो सुखद यात्रा बन्यो, आम र आन्नद भरपुर रुपमा यसरी बाच्न सफल भए कि मलाई कुनै चिन्ता रहेन, कुनै तनाव रहेन दिनानुदिन सुख छ त्यो नै जीवन बाँच्नुको सबैभन्दा ठूलो सुख हो । दुनियाँको सबै सम्पत्तीभन्दा जरुरी त मनको शान्ती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.