अजोडले वार्षिकोत्सवको अवसरमा गर्यो रक्तदान र वृद्धाश्रममा सहयोग

  २०७९ असार २१ गते १८:४०     विकासन्युज

काठमाडाैं । अजोड ईन्स्योरेन्सले वार्षिकोत्सवकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवकाे अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

इन्स्याेरेन्सले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तिस) जना दाता व्यक्तिहरुले रक्तदान गरेका थिए ।

यस्तै सोही अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडाैं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबुस्थित हिमालयन वृद्धाश्रमका ४३ (त्रिचालिस) जनाको लागि खाद्यान्न सहयोग गरेकाे छ ।

२०७५ साल असार २१ गतेदेखि आफ्नो व्यवसायिक कारोबार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।

त्यसैगरी कम्पनीले आ.व. २०७८/०७९ को असार २० गते सम्ममा १ लाख २२ हजार ९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क १ अर्ब ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम ७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्व भएको जगेडा तथा कोषमा १३ करोड ९५ लाख र बीमा कोषमा १५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.