लघुवित्त कोषमार्फत सिंगल डिजिटमा लगानी हुनुपर्छ : अध्यक्ष शर्मा

  २०७९ असार २१ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्त कोषमार्फत सिंगल डिजिटमा लगानी हुनु पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

लघुवित्त कोषमार्फत सिंगल डिजिटमा कर्जा लगानी गर्नु पर्छ, हामी सरल र सहज दरमा कर्जा दिन तयार छौं, उनले भने ।

राष्ट्र बैंकले लिएको नीतिमा भर पर्दै सरल र सहज दरमा कर्जा दिन लघुवित्त तयार रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका शर्माले बताए । उनले लघुवित्त मर्ज गर्न तयार रहेको पनि जानकारी गराए ।

कार्यक्रममा बोल्दै शर्माले आधारभुत वस्तीमा लघुवित्त पुगेको जानकारी गराउँदै लघुवित्तलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् । जसको लागि सबै लघुवित्तहरु सहयोग गर्न चाहने समेत उनले बताए ।

साथै, जलविद्युत, कृषि र पर्यटनमा लघुवित्तहरुको लगानी बढाउनु पर्ने उनको भनाई छ ।

One comment on "लघुवित्त कोषमार्फत सिंगल डिजिटमा लगानी हुनुपर्छ : अध्यक्ष शर्मा"

  • Microfinance says:

    लघुवित्त संस्थाहरु व्यवसायिक संस्था हुन् कि सामाजिक संस्था हुन् अब स्पष्ट हुनु पर्दछ । यदि व्यवसायिक संस्था हुन् भने बजारदरमा पूँजी जुटाउनु पर्दछ, सहुलियत खोज्नु हुँदैन । यदि सामाजिक संस्था हुन् भने मुनाफा वितरण गर्नु हुँदैन । सामाजिक सेवा, दुर दराज, गरिवीको नाम बेचेर त्यत्रो बोनस बाँड्नै हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.