कामना सेवा विकास बैंकले खबर एक्सप्रेसका कर्मचारीलाई बिना धितो कर्जा दिने

  २०७९ असार २० गते १५:०७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच सम्झौता भएको छ । बैंक र  खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।

यस सम्झौतापछि खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको व्यवसायमा समेत थप टेवा मिल्ने विश्वास बैंकले लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.