सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाईडमा

  २०७९ असार १९ गते १०:२४     विकासन्युज

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घघाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म ९२ अर्बभन्दा वढी निक्षेप परिचालन गरी करिब  ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यससहित एटिएम संख्या ९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.