‘म प्रधानमन्त्री भएको भए पेट्रोलियम पदार्थको मुल्य यसरी मिलाउने थिएँ’ 

  २०७९ असार ८ गते १७:५१     महावीर पुन

पेट्रोलियम पदार्थको आयातमा लाग्ने सरकारी राजश्व र मुल्य अभिवृद्धी कर (मु.अ कर) मा प्रति लिटर ३० रुपैंया घटाएर प्रति लिटर पेट्रोलको मुल्य १८५ रुपैयाँ र डिजेलको मुल्य १७७ रुपैयाँ बनाउने थिएँ ।
यसो गर्दा आयल निगमलाइ पेट्रोलमा प्रति लिटर २.४२ रुपैयाँ र डिजेलमा १.०५ रुपैयाँ नाफा हुने थियो । अनि आयल निगम पनि डुब्ने थिएन । यसलाई नेपालीमा “सर्प पनि नमर्ने र लठ्ठी पनि नभाँचिने” भन्छन । अनि अंग्रेजीमा विन विन सिचुवेसन पनि भन्छन। कुरा बुझ्न तलको तालिका हेर्नु होला । राजश्व र मु.अ. कर बाहेक अरु मुल्य केहि बदलेको छैन ।
यस्तो प्रावधान अहिले संसारमा युक्रेन र रुसको लडाईले गर्दा भएको मुल्य बृद्धी नरोकिंदै सम्म लागु गरिनेछ। विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ सामान्य नहुन्जेलसम्म यसरी नै मुल्य समायोजन गरिने छ । किनभने विश्व बजारको मुल्य हामीले घटाउन सक्दैनौं । हामीले घटाउन सक्ने भनेको पेट्रोलियम पदार्थमा लाग्ने राजश्व र कर मात्र हो । यसो गर्दा जनताले थोरै भए पनि राहत पाउँने छन् र नेपाल आयल निगम पनि डुब्ने छैन ।
माननीय सभासदज्यूहरुले यो प्रस्तावलाई बहुमतले पारित गर्नु होला । अनि जनताले सरकारको खोइरो खन्ने छैनन् अथवा खोइरो खने पनि अलि कम खन्ने छन् । धेरैले जयजयकार पनि गर्ने छन् ।
( वैज्ञानिक महावीर पुनकाे सामाजिक संजालबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.