गोदरेजका वातावरणमैत्री मेडिकल रेफ्रिजेरेटरहरु नेपाली बजारमा सार्वजनिक

  २०७९ असार ६ गते १२:४७     विकासन्युज

काठमाडौं । ६४ बर्षको ईतिहास बोकेको ईन्डियाको रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरु सार्वजनिक गरेको छ ।

मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रीजरहरु उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरु स्योरचिल प्रविधिमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ। डब्लुएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरुको होल्डओभर टाईम ३ देखी ४ दिन सम्मका छन् भने ४७ देखी २७६ लिटर सम्मको क्षमतामा उपलब्ध छन् ।

यस्तै कम्पनीको अनुसार ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदी राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ६ डिग्रीमा स्थिर राख्छ ।

विभिन्न सल्भेन्ट, केमीकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधीहरु आदी राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ ।

यी सबै रेफ्रिजेरेटरहरु सिएफसि एचएफसि र एचसिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि भएको कम्पनीले जनाएको छ । कम्पनीले यसमा दुई वर्षको वारेन्टी दिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.