अनरका तीन नयाँ स्मार्टफोन नेपाली बजार आउँदै

  २०७९ असार ३ गते १७:३४     विकासन्युज

काठमाडाैं । चिनियाँ ब्राण्ड अनले तीन नयाँ स्मार्टफाेन नेपाली बजारमा ल्याउने भएकाे छ । अनरले अनर एक्स सेभेन, एक्स एट र एक्स नाइन स्मार्टफाेन बजारमा ल्याउन लागेकाे हाे ।

२०२० मा स्थापिथ सेल्ट्रन नेपाल नेपालकाे लागि अनरकाे आधिकारीक विक्रेता हाे ।

अनर एक्स सेभेन

क्वालकम एसएम ६२२५ स्न्यापपड्रागन ६८० चिपसेट र एन्ड्रोइड ११ अपरेटिङ सिस्टमबाट सञ्चालित यस फोनमा ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलईडी ६.४ इन्च डिस्प्ले रहेकाे छ ।

यस फाेनकाे पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर क्यामरा रहेकाे छ । त्यस्तै यसमा ८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेकाे छ ।

५००० एमएएच ब्याट्री क्षमता भएको यो फोनले २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य २५ हजार रूपैयाँ रहेको छ ।

अनर एक्स एट

अनर एक्स एट स्मार्टफाेनमा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ भने एन्ड्रोइड भर्जन ११ बाट सञ्चालित छ । यस फोनमा ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलईडी ६.४ इन्च डिस्प्ले छ ।

यस्तै यस फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर क्यामरा रहेकाे छ । त्यस्तै यसमा १६ मेगापिक्सेलकाे सेल्फी क्यामेरा रहेकाे छ ।

४००० एमएएच ब्याट्री क्षमता भएको याे फोनले पनि २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्दछ । ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य ३१ हजार रूपैयाँ रहेको छ ।

अनर एक्स नाइन

सार्वजनिक हुनेमध्यको अर्को एक फोन अनर एक्स ९ मा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ भने याे पनि एन्ड्रोइड भर्जन ११ द्वारा सञ्चालित छ । फोनमा ९० हर्ज रिफ्रेश रेट भएको आईपीएस एलईडी ६.८१ इन्च डिस्प्ले दिइएकाे छ ।

१६ मेगापिक्सेल सेल्फी क्यामेरा भएको फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर क्यामरा रहेकेा छ ।

४८०० एमएएच ब्याट्री क्षमता भएको यो फोनले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य ३९ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.