कुमारी धनवृद्धि योजनाको इकाइ बाँडफाँड, ४६ जनाको रद्ध

  २०७९ असार ३ गते १४:५१     विकासन्युज

काठमाडौं । कुमारी धनवृद्धि योजनाको इकाइ बाँडफाँड भएको छ । कुमारी क्यापिटलको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत संचालन भएको यस इकाइ योजना शुक्रबार बाँडफाँड भएको हो ।

कम्पनीले १२ करोडको इकाइको लागि जेठ १२ गतेदेखि जेठ २६ गतेसम्म आवेदन खुला गरेको थियो । कम्पनीले १२ करोड २५ लाख ७ हजार २५९  इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ ९पन्ध्र० प्रतिशत विजपूँजी कुमारी बैंकलाई बाँडफाँड गरेको छ ।

क्यापिटलले आवेदन दिने १ लाख ३९ हजार १३९ जना मध्ये रितपुर्वक आवेदन दिने आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरेर दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.