माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट मुद्धति खाता, साढे ६ वर्षमा पैसा डबल

  २०७९ असार ३ गते १२:५९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ । इच्छुक ग्राहक महानुभावले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.