मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

  २०७९ असार २ गते १८:४८     विकासन्युज

काठमाडौं । मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बिहीबार आयोजित एक कार्यक्रममा जानकारी दिएका छन् ।

चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् । श्रेष्ठका बुवा तथा मनकामना केबलकारका संस्थापक स्व। लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डतर्फ प्राप्त गरेका थिए ।

डेकोरेसन अफ अनर अस्ट्रिया सरकारले दिने पदक हो । अस्ट्रिया र विदेशबाटसमेत देशको लागि उत्कृष्ट सेवाहरू प्रदान गर्नेलाई यो पदक प्रदान गरिन्छ । डेकोरेसन अफ अनरसम्बन्धी पुरस्कारहरू सम्बन्धित कानून बमोजिम राष्ट्रपतिद्वारा बनाइन्छ भने सरकारले त्यसको लागस उपयुक्त व्यक्ति छनोट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.