भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?

  २०७९ असार २ गते १७:५८     विकासन्युज

काठमाडौं । इण्डियन आयल कर्पाेरेशन (आइओसीले) पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमले आइओसीबाट पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको जनाएको हो ।

निगमले रसिया–युक्रेन युद्धका कारण पछिल्लो १५ दिनको अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इण्डियन आयल कर्पाेरेशनले बिहीबार मूल्य बढाएर नयाँ मूल्य सूचि पठाएको जनाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोलमा ६.५२ पैसा, डिजेलमा १९.०२ पैसा र हवाई इन्धनमा १९.९१ रुपैयाँले बढेको निगमले जनाएको छ ।

नयाँ मूल्य सूचिअनुसार पेट्रोलमा ३१.२८ पैसा, डिजेलमा ३७.१६ पैसा, हवाई इन्धनमा २.७०, एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१.१४ पैसा घाटा रहेको निगमले जनाएको छ ।

नयाँ मूल्य सूचि अनुसार समग्रमा निगमलाई १५ दिनको अवधिमा ४ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा हुने अनुमान गरिएको जनाईएको छ । यस्तै, निगमले आईओसीलाई पेट्रोलियम पदार्थ खरिद बापत जुन २३ तारिखसम्म भुक्तानी गर्नुपर्ने २२ अर्ब रुपैयाँ भुक्तानी रोकिएको जनाएको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमको जगेडा कोषको रकम सकिएपछि निगमले आईओसीलाई समयमा रकम भुक्तानी गर्न सकेको छैन । आईओसीले पठाएको नयाँ मूल्य सूचि अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.