मुलुकको अर्थतन्त्रमा वस्तुगत संघको भूमिका महत्वपुर्ण छ : गाेल्छा

  २०७९ असार २ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । बिहीबार महासंघले राखको वस्तुगत संघको नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरू स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उद्योगधन्दाको विस्तार, रोजगारी सृजना, पूंजी निर्माणमा तपाईहरूको योगदानलाई महासंघले सधै उच्च प्राथमिकता दिएको भन्दै अध्यक्ष गोल्छले महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्ने कार्यमा वस्तुगत संघको सहयोग चाहिने बताए ।

महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघको शक्तिनै सदस्य संघहरू भएकाले आफ्ना सदस्यहरूको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौतीको सामना गर्दै मुलुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सृजनामा महासंघ लागिरहेको बताए । 

महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इंटा उद्योग महासंघ, नेपाल अलैची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेको हो ।

कार्यक्रममा नेपाल ईंटा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्दले लगानी र रोजगारीका हिसाबले उल्लेख्य योगदान दिएको ईंटा उद्योगलाई राज्यले उद्योगको मान्यता दिन नसकेकोमा गुनासो गरे । यस्तै नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैची क्षेत्रमा तालीम प्राप्त जनशक्ति, गुणस्तर पहिचान, मार्केटिङ, प्याकेजिङ, ब्राण्डिङ लगायतमा ठूलो समस्या रहेको बताए ।

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, वस्तुुगत परिषद्का उपसभापतिहरू, सदस्यहरू र उद्यमी व्यवसायीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.