होटल व्यवसायीले काठमाडौं महानगरसँग मागे कर छुट

  २०७९ असार २ गते १४:२३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकासँग होटल व्यवसायीले कर छुटको माग गरेका छन् । बुधबार होटेल संघ नेपाल (हान) ले मेयर बालेन साहलाई ज्ञापन पत्र बुझाउँदै आर्थिक वर्ष २०७९/८० को बजेटका लागि छुट माग गरेका हुन् ।

उनीहरुले आर्थिक गतिविधि चलायमान बनाउने, बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पुर्‍याउने होटल उद्योगलाई बचाई राख्न राज्यको पनि दायित्व रहेको बताएका छन् ।

यस्तै पत्रमा उनीहरुले कोभिडको कारण प्रभावित होटलहरु फेरी पुरानो लयमा फर्कन केही समय लाग्ने बताएका छन् ।

One comment on "होटल व्यवसायीले काठमाडौं महानगरसँग मागे कर छुट"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.