अर्थमन्त्रीकोको राजीनामा माग्दै एमालेले गर्‍याे संसद बहिस्कार

  २०७९ असार २ गते १४:०४     विकासन्युज

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमालेले अर्थन्त्री शर्माको राजीनामा माग गरेको हो ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद भानुभक्त ढकालले मन्त्री शर्माको राजीनामा माग गरेका छन् ।

मन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा अमुक व्यक्तिलाई मध्यराती अर्थ मन्त्रालयमा बोलाएर करका दरमा परिवर्तन गर्न लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै एमालेले उनको राजीनामा माग गरेको हो ।

मन्त्री शर्माले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ । एमालेले अर्थमन्त्री शर्माले दिने जवाफ नसुन्ने भनदै संसद पनि बहिस्कार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.