बजेट निर्माणमा राष्ट्रघात भए त्यसको पूर्ण जिम्मेवारी लिन्छु : अर्थमन्त्री

  २०७९ असार २ गते १४:०३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा कुनै पनि राष्ट्रघात हुने काम नभएको बताएका छन् । अर्थमन्त्री शर्माले बिहीबार संसदीय समिति अन्तर्गतको प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिदैँ सो कुरा बताएका हुन ।

‘आवश्यक प्रक्रिया अनुसार नै राजश्वका दरहरु परिवर्तन गरिएको हो, दर रेट प्रति म पूर्ण रुपमा जिम्मेवारी छु, कुनै पनि राष्ट्रघात भएको छैन, यदी भएको छ भने म पूर्ण रुपमा जिम्मेवार लिन्छु’ , उनले भने ।

यस्तै, उनले देशको डलरको सञ्चिती, आयात र उत्पादनसँगै देशको औद्योगिक क्षेत्रलाई ध्यानमा राख्दै राजश्वको दरमा परिवर्तन गरिएको स्पष्ट पारे ।

यस्तै, अर्थमन्त्री शर्माले बिस्कुट र चाउचाउ उद्योगले पाम र पामोलिन आयल आयातमा उद्योग विभागको सिफारिसमा मात्रै आयात गर्न पाउने व्यवस्था गरिएको भन्दै पाम र पामोेलिन आयल उद्योगलाई कुनै असर नगर्ने दाबी गरे ।

एक सय किलोवाट क्षमताभन्दा तलका विद्युतीय गाडीमा भन्सार तथा अन्तशुल्क महशुल नबढाएको भन्दै उनले १०० माथिका सवारीको मात्र दर परिवर्तन गरिएको बताए । मन्त्रालयका सचिवसँगै बजेट निर्माण समितिसँग बसेर राजश्वका दर परिवर्तन गरिएको उनले स्पष्ट पारे ।

‘असार १४ गते रातको पौने १२ बजे बजेट निर्माण सकेर म पुल्चोक क्वाटरमा गएर आराम गरेको हुँ, असार १५ गते बिहान ६ बजे मात्र म मन्त्रालय गएको हो, बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागीता छैन्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.