उत्पादनमूलक उद्योगको जग्गा खरिददेखि वेपत्ताको नाममा भएको जग्गा नामसारिमा पूर्ण छुट

  २०७९ असार १ गते १८:०६     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेश सरकारले उत्पादनमूलक उद्योेगका लागि आवश्यक पर्ने जग्गा खरिददेखि वेपत्ता नागरिको नाममा रहेको जग्गा नामसारीमा पूर्ण रुपमा राजश्व छुटको व्यवस्था गरेको छ ।

बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जिवन’ ले आगामी आर्थिक वर्ष २०७९/८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

कृषि तथा उद्योग क्षेत्रलाई प्रदान गरिएको राजश्व छुट सुविधामा लक्षित वर्गको पहुँच सुनिश्चित गर्न स्थानीय तहलाई थप जिम्मेवार बनाई उद्देश्य विपरितको प्रयोग निरुत्साहित गर्न जरिवानाको व्यवस्थालाई निरन्तरता दिइएको उनले बताए ।

वार्षिक रुपमा ३ सयजना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नृका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखतमा पूर्ण छुटको व्यवस्था, व्यवसायिक कृषि पेशालाई प्रोत्साहित गर्न उद्योग व्यवसायको नाममा जग्गा खरिद गर्ने लिखतमा लाग्ने रजिष्ट्रेशन शुल्कमा छुट दिइने बताईएको छ ।

यस्तै, स्थानीय तहले संकलन गरी बाँडफाँट गर्ने प्राकृतिक स्रोतको शुल्क वापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्ने स्थानीय तहलाई प्रोत्साहन स्वरुप थप अनुदान उपलब्ध गराउने, आर्थिक वर्ष २०६५/०६६ देखि २०७६/०७७ सम्म नियमानुसार सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको २०७९ फागुनमसान्तसम्म सवारी साधन कर बुझाउन आएमा लाग्ने जरिवानामा छुट दिने घोषणा गरेको छ ।

सवारी साधन धनीले कर बुझाएको मितिमा नै नवीकरण दस्तुरसमेत बुझाई एक वर्षको लागि नवीकरण गर्नसक्ने गरी सवारी साधनको नवीकरण व्यवस्थालाई सरल बनाइएको, घर जग्गा कारोबारमा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहिद र बेपत्ता परिवारका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता पीताको नाममा स्वामित्व हुनेगरी पारित हुने लिखतमा गण्डकी प्रदेश सरकारको आर्थिक ऐन बमोजिम लाग्ने सबै प्रकारको शुल्क पूर्ण रुपमा छुट हुनेछ ।

अपांगता भएका व्यक्ति, दलित एवमे पिछडिएका जाति भनी स्थानीय तहबाट प्रमाणित भएको सिफारिस वा आधिकारिक प्रमाणको आधारमा तिनीहरुको नाममा स्वामित्व प्राप्त हुँदा ३० लाखसम्मको थैली अंकमा एक पटकको लागि आर्थिक ऐन बमोजिम असुल गरि घरजग्गा रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट दिने र लगानीयुक्त आयोेजनाको प्रतिफलबाटै ऋण तथा साँवा भुक्तानी गर्नसक्ने गरी आयोजना बैंकमा समावेश भएका योजनामा मात्र ऋण परिचालन गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.