प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम हुँदै, विजेताले १० हजार बराबरको प्रभु सेलेक्ट फण्ड पाउने

  २०७९ जेठ ३१ गते १९:२८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले नेपालमै पहिलोपटक स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२’ संचालन गर्ने भएको छ । क्यापिटलले असार १ गतेबाट उक्त कार्यक्रम संचालन गर्ने भएको हो ।

विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको हो ।

असार महिनाबाट सुरु हुने पहिलो ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२’ मा ५ वटा कलेजका ३६ जना विद्यार्थीहरुलाई सहभागि हुने बताइएको छ ।

यो कार्यक्रम असार १ गतेबाट असार ३१ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । यस कार्यक्रममा विद्यार्थीहरुले सेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ । कम्पनीको अनुसार असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्ने विजयी हुनेछन् ।

यो खेलमा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा १० हजार बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साउन महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटलको कार्यालयमा असार १५ गते भित्र सम्पर्क गरिसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.