मोटरहेडका लक्की ड्रका विजेताले पाए एक लाखसम्मको चेक

  २०७९ जेठ २७ गते २०:०१     विकासन्युज

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालको लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले लक्की ड्रका विजेतालाई चेक हस्तान्तरण गरेको छ । कम्पनीले शुक्रबार एक समारोहकोबीच दशैं/तिहार/छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको हो ।

उक्त अफरमा मोटरहेडका एचएच १५०आर खरीद गर्ने काठमाण्डौं निवासी सुभेन्दु रत्न तुलाधरले १ लाख रुपैयाँ जितेका छन् । यसैगरी, ५० हजार रुपैयाँका विजेता रुकुम घर भई हाल काठमाडौं वसोवास गर्दै आएका दया वुढा मगर र तेस्रो विजेता ललितपर निवासी सुशान्त पौडेलले २५ हजार रुपैयाँ जितेका छन् । मगर र पौडेलले उक्त अफरमा मोटरहेडका परिचित मोडल टेक्कन आर २५० र स्क्राम्बलर खरीद गरेका थिए ।

एस.एल. आर टेक्नो एण्ड ट्रेड प्रा.लि.का निर्देशक सुगम घिमिरेले विजेताहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा स्क्रयाच गरी एक लाख रुपैयाँसम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सकिने व्यवस्था रहेको छ । यस ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मुख्य सहर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यका भित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.