काठमाडौं महानगर-१६ का वडाध्यक्षले नै उठाए फोहोर

  २०७९ जेठ २३ गते १६:१४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफै उठाउन थालेका छन् । काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न छोडेपछि सो वडाका वडा अध्यक्ष मुकुन्द रिजाल आफै लागि परेर फोहोर उठाउन थालेका हुन् ।

फोहेरको व्यवस्थापन गर्नको लागि रिजाल विहानैदेखि खटिएका थिए । रिजलले ४ गाडी फोहोर उठाएका छन् । सडकमा थुप्रिएका फोहोर उठाउन महानगरको गाडी प्रयोग गरिएको थियो ।

वडा अध्यक्ष नै टोल टोलमा पुगेर फोहोर उठाउन थालेपछि स्थानीयले पनि साथ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.