वातावरण जोगाउने अभियानम सांग्रिला डेभलमेन्ट बैंक, साइकल र्याली सम्पन्न

  २०७९ जेठ २२ गते १३:५६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली सम्पन्न भएकाे छ । विश्व वातावरण दिवसकाे अवसरमा साइकल चलाउ इन्धन बचाउ नारासहित बैंककाे साइकल र्याली सम्पन्न भएकाे हाे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्यालीमा सहभागीहरुलाई इन्धन बचाउन बैंकले चालेका कदमहरुको विषयमा सम्बाेधन गरे पश्चात र्यालीको शुरुवात भएकाे थियाे ।

साइकल र्याली बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लि. वालुवाटारमा पुगेर सम्पन्न भएको थियाे । 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.