बुढानिलकण्ठमा २०० विरुवा रोपी गरिमा विकास बैंकले मनायो विश्व वातवरण दिवस

  २०७९ जेठ २२ गते १३:३१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले विश्व वातावरण दिवसकाे अवसरमा बुढानिलकण्ठस्थित कालिका पार्कमा वृक्षाराेपण गरेकाे छ । बैंकले जलवायु परिवर्तनको न्यूनीकरण गर्न वृक्षाराेपण गरेकाे जनाएकाे छ ।

बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । यस कार्यक्रम अन्तर्गत उक्त पार्कमा करिब २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सेवा दिँदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.