सिटिजन्स बैंक र फोकसवानबीच कार्ड भुक्तानी सेवा संचालन गर्ने सम्झौता

  २०७९ जेठ २० गते १६:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इनेटरनेशनलले भुक्तानी सेवा प्रदायक फोकसवानसँग सम्झाैता गरेकाे छ । बैंकले फोकसवानसँग कार्डमा आधारित स्क्यान टू पे र क्यूआर माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हाे ।

उक्त सेवा संचालनमा आएसँगै बैंकका कार्ड वाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरु लिंक गरी सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन ।

यसैगरि बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमवाट भुक्तानी समेत गर्न सक्नेछन ।

सिटिजन्स बैंक लगायतका विभिन्न बैंकहरुद्वारा प्रवर्धित नेपाल पेमेन्ट सोलुसन (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ्ग सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.