गरिमा विकास बैंकका ग्राहकलाई चितवनकाे होटल जंगल भिल्ला रिर्सोटमा छुट

  २०७९ जेठ २० गते १६:२६     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले चितवनको होटल जंगल भिल्ला रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट प्रदान गर्नेछ । यस्तै बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।

हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट आफ्ना ग्राहकलाई बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.