अर्थमन्त्रीले भने– सबैखालका नभएर महँगा गाडीको भन्सार बढाइएको हो

  २०७९ जेठ २० गते १५:५१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले महँगा विद्युतीय गाडीको भन्सार महसुल बढाएको बताएका छन् । शुक्रबार प्रतिनिधी सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सबैखालका गाडीमा नभएर महँगा विद्युतीय गाडीको मात्र भन्सार महसुल बढाएको बताएका हुन ।

उनले आम सर्वसाधरणले प्रयोग गर्ने नेपालमा उपलब्ध १३ प्रकारका विद्युतीय गाडीमा कर नबढाइएको बताए ।

केही सम्पन्न वर्गले प्रयोग गर्ने १०० किलोवाट क्षमताभन्दा बढीको विद्युतीय गाडीमा मात्र भन्सार बढाएको उनको भनाई छ ।

उनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै १०० किलोवाट माथिका विद्युतीय गाडीको अन्तशुल्क र भन्सार दुवैमा कर बढाएको घोषणा गरेका थिए ।

उनले जारी गरेको बजेट अनुसार १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क, २०० देखी ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको बनाइएको छ । मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क रहेको छ । यसअघि अन्तशुल्कमा पूर्ण छुट दिएको थियो ।

त्यस्तै उनले भन्सार महशुलमा समेत वृद्धि गरेका थिए । जसमा १०० किलोवाट देखी २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखी ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ । हाल विद्युतीय सवारीसाधनमा १०० किलोवाटसम्ममा १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार शुल्क रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.