पैसा नभएको बैंकको चेक काट्ने भक्तपुरका इन्द्रकुमार पक्राउ, साढे १६ लाख जरिवाना तिर्नुपर्ने

  २०७९ जेठ २० गते १३:१४     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने भक्तपुरका इन्द्रकुमार राई पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्धा लागेको ५१ वर्षिय राई शुक्रबार चाबहिलबाट पक्राउ परेका हुन् ।

५१ वर्षिय राइले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०६९ साल बैशाख ५ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएका थिए ।

उनलाई अदालतले साढे १६ लाख जरिवाना र ४ दिनको जेल सजाए सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.