भद्रपुर उडेको बुद्धको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्कियो

  २०७९ जेठ १८ गते ११:४७     विकासन्युज

काठमाडौं । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि उडान भरेको बुद्धको जहाज काठमाडौं फिर्ता भएको छ ।

बुधबार बिहान १० बजेर ४३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट झापाको भद्रपुरका लागि उडान भरेको बुद्धले जहाज टायरमा समस्या देखिएपछि बीच बाटोबाटै फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयले बुद्धको जहाज काठमाडौं फिर्ता भएकोे जनाएको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बिहान ११ बजेर १० मिनेटमा बुद्धकोे जहाज अवतरण गरिएको बताए ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमानमा ६९ यात्रु रहेका थिए ।

यसअघि गत असोजमा काठमाडौंबाट विराटनगरका लागि उडान भरेको जहाजको त्याण्डिङ गियरमा समस्या आएको भन्दै बीच बाटोबाटै फर्काइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.