सरकारको नयाँ कर नीतिले एमजीका इभीको मुल्य ३० लाखसम्म बढ्ने

  २०७९ जेठ १७ गते ११:२६     विकासन्युज

काठमाडौं । सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने कुरा गरेपनि विद्युतीय सवारीमै अन्तशुल्क बढाएको भन्दै व्यवसायी असन्तुष्ट बनेका छन् ।

९ महिना अगाडी प्रतिस्थापन विद्येक मार्फत बजेट ल्याउँदा अन्तशुल्क र भन्सार कर घटाएका अर्थमन्त्री जनार्दन शर्माले पुनः बजेट मार्फत कर बढाएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन ।

नेपालमा विद्युतीय गाडीको बिक्री वितरण गर्दै आएको पारमाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल सरकारको नीति अनुसार बजेट नआएको बताउँछन् ।

‘सरकारले नै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्छ भन्दै आएको छ, फेरि तिनै विद्युतीय सवारीको भन्सार र अन्तशुल्क बढाइएको छ, सरकारको भनाई र गराइको तालमेल नमिल्दा समस्या देखियो, युवराज खतिवडाले बढाएको कर घटाएर वाइवाइ पाए, अहिले पुनः कर बढाएर युवराज खतिवडाकै पदचाप पछ्याउन थाले’, उनले भने ।

उनले विद्युतीय सवारीको भन्सार र अन्तशुल्क उच्च भएपछि सवारी साधनको मूल्य बढ्ने बताए ।

‘हामीले पुरानै मूल्यमा गाडीको बुकिङ गरिसकेका छौँ, गाडी आउन केही समय लाग्छ, प्रिबुकिङ भैसकेका सवारी साधन बिक्रीमा समस्या देखिन सक्छ, हामीले सकेसम्म ग्राहकलाई कन्भिन्स गराउने हो, उहाँहरुले किन्नै सक्दिन भन्नुभयो भने बुकिङ रद्द गर्नबाहेक हामीसँग कुनै अपसन छैन,’ उनले भने ।

उनले भन्सार र अन्तशुल्कले एउटै साधनको मूल्य २० देखि ३० लाख रुपैयाँसम्म बढ्नसक्ने उनले बताए ।

अटो व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेती सरकारले दिर्घलानीन सोचविनै अटोमा नयाँ नियम ल्याएको बताउँछन् ।

उनले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति रहेको बताउँदै सवारी आयातमा थप कर लागु गर्दा विद्युतीय सवारी साधनप्रति सरकारले नै वेवास्ता गर्ने देखिएको बताए ।

‘यसअघि विद्युतीय सवारीमा लाग्ने भन्सार तथा अन्तशुल्क छुट दिएको जस्तो गरियो, अहिले पुनः भन्सार तथा अन्तशुल्क बढाइएको छ, सरकारले अटो व्यवसायमा दिर्घकालिन सोच नबनाउँदा व्यवसाय टिकाउनै समस्या हुने देखियो’, उनले भने ।

उनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा अटो व्यवसायीको मिश्रीत धारण रहेको समेत बताए ।

कति बढ्यो कर

सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको हो ।

अब १५०० देखि २००० सीसीका कारमा अन्तःशुल्क ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।

२ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५/५ प्रतिशतले अन्तःशुल्क बढेको छ ।

त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् । १५०० सम्मका कार, जीप÷भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.