आरएमडीसीले दियो कर्जा तथा तरलता व्यवस्थापन सम्बन्धी तालिम

  २०७९ जेठ १३ गते २०:१०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्जा तथा तरलता व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । संस्थाले झापाको बिर्तामोड र सुनसरीको ईटहरीमा १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कोभिड १९ पछि देशमा देखा परेको तरलता संकटको अवस्थामा सहकारी संस्थाहरुले कसरी कर्जा तथा तरलता ब्यवस्थापन गर्ने भन्ने बिषयमा आरएमडीसीका नायब प्रमुख कार्यकारी अधिकृले सहजीकरण गरेका थिए । उनले साझेदार सहकारी संस्थाहरुका प्रतिनिधिहरुले सामाना गरिरहेका चुनौती र समाधानका लागी अप्नाएका उपायहरुको बारेमा आफ्ना अनुभवहरु व्यक्त गरेका थिए ।

उक्त १ दिने अन्तरक्रिया कार्यक्रममा आरएमडीसीका कर्जा विभागका प्रबन्धक गोबिन्दप्रसाद पौडेल र भरतकुमार सिंहले पनि यस विषयमा थप सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा आरएमडीसीका नायब प्रमुख कार्यकारी अधिकृतले यो बिषम परिस्थितिमा साझेदार संस्थाहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रदेश नं.१ का ४४ वटा साझेदार सहकारी संस्थाका ८८ जना प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.