आजदेखि बुद्धको बनारस उडान सुरु

  २०७९ जेठ ९ गते ११:००     विकासन्युज

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आजदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु गरेको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान आजबाट पुनः सुचारु भएको हो ।

सोमबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्ने बुद्धले जनाएको छ । सुरुवाती चरणमा सातामा दुईृ उडान गर्ने तयारी गरेको बुद्धले उडान सुरू भएको केही समयपछि बुधबार समेत उडान गर्ने जनाएको छ ।

५० मिनेटको काठमाडौं–बनारस बिहान ७ः१५ र बनारस–काठमाडौं भारतीय समय ८ः३० मा उड्ने कम्पनीले जानकारी दिएको छ ।
बुद्धले २०७५ को असारदेखि बनारस उडान गर्दै आएको थियो । बुद्धले उक्त गन्तव्यमा एटीआर–७२ विमानबाट उडान गर्नेछ ।

९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सयभन्दा बढी उडान गर्दै आएको छ ।

बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट समेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.