एनबी बैंकको भविश्य सम्झेर मुद्दा फिर्ता लिएँ, अब सहयोग गर्छु : लक्ष्मीबहादुर श्रेष्ठ

  २०७९ जेठ ५ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकका संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले एनबीलाई ठूलो बैंक बनाउन सहयोग गर्ने उद्देश्यले मुद्दा फिर्ता लिएको बताएका छन् । यसअघि नबिल बैंक र एनबी बैंकबीचको मर्जर तथा एक्विजिसन रोक्न सर्वोच्च अदालतमा मुद्दा दायर गरेका उनले आज मुद्दा फिर्ता लिएका हुन् ।

‘हामी एनबीलाई अब ठूलो बैंक बनाउन चाहन्छौं, नबिल बैंकमा जान तयार भएका छौं, अब नबिल र एनबी मिलेर ठूलो बैंक बन्छ, हामी यसमा खुशी छौं,’ उनले विकासन्युजसँग भने ।

यस्तै, उनले आफुहरूले नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनको नीति पनि पालना गर्नु पर्ने धारणा राखे ।

‘हामीले बैंकको भविश्य पनि हेर्न चाहन्छौं, राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनको नीतिलाई पनि पालना गर्नु पर्छ, यसमा हाम्रो पूर्ण समर्थन छ,’ उनले थपे ।

गत बिहीबार सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सो अल्पकालीन आदेश जारी गर्दै मर्जरको प्रक्रिया अगाडि नबढाउन भनेका थिए । लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो ।

बिहीबारका लागि न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो सुनुवाइ सुरु नहुँदै श्रेष्ठले मुद्दा फिर्ता लिएका हुन् ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए । दुवै बैंकले जेठ सात गतेका लागि विशेष साधारणसभा आव्हान गरेका छन् । अब नबिल बैंकमा एनबीलाई गाभ्ने प्रक्रिया अगाडि बढेको छ ।

सम्बन्धित समाचारः 

एनबी बैंकका लक्ष्मी श्रेष्ठले फिर्ता लिए मुद्दा, नबिलमा गाभिने बाटो खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.