एनबी बैंकका लक्ष्मी श्रेष्ठले फिर्ता लिए मुद्दा, नबिलमा गाभिने बाटो खुल्यो

  २०७९ जेठ ५ गते १३:१९     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गरेको छ । नबिल र एनबी बैंकबीचको मर्जर रोक्न परेको रिट एनबीका संस्थापक सेयरधनीले फिर्ता लिएका हुन् ।

एनबीकाे संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएको बताए । ‘आज मुद्दा फिर्ता लिएको छु, अब एनबी बैंक ठूलो बैंक बन्ने भयो, हामी खुसी छौं,’ उनले विकासन्युजसँग भने ।

गत बिहीबार सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सो अल्पकालीन आदेश जारी गर्दै मर्जरको प्रक्रिया अगाडि नबढाउन भनेका थिए । नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर तथा एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

बिहीबारका लागि न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो । सुनुवाइ सुरु नहुँदै निवेदकले मुद्दा फिर्ता लिएपछि अब मुद्दा खारेज भएको हो ।

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए। साथै दुबै बैंक नेपाल राष्ट्र बैंकविरुद्ध पनि उनीहरुले मुद्दा हालेका थिए।

दुवै बैंकले जेठ ७ गतेका लागि विशेष साधारणसभा आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.