नेकपा एसले गाउँपालिका र जसपाले नगरपालिकाको प्रमुख पद जित्न सकेन

  २०७९ जेठ ५ गते १३:२३     विकासन्युज

काठमाडौं । स्थानीय तहको निर्वाचनको देशव्यापी मत परिणाम सार्वजनिक हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले गाउँपालिका अध्यक्ष र जनता समाजवादी पार्टी, नेपालले नगरपालिकाको प्रमुख पद जित्न सकेको छैन ।

माधव नेपालको नयाँ पार्टी एकिकृत समाजवादीका उम्मेदवारहरूले ६ वटा नगरपालिकाको प्रमुख पदमा विजयी भइसकेकाे छ । सो पार्टीका नै ५ वटा नगरपालिकाका उम्मेदवारहरू अग्रस्थानमा छन् । हालसम्म एकिकृत समाजवादी पाटीका उम्मेदवारहरु गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुन सकेका छैनन् ।

यस्तै, उपेन्द्र/बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुन सकेका छैनन् । सो पार्टी उम्मेदवारहरू १४ वटा गाउँपालिकाको अध्यक्ष पदमा भने निर्वाचित भइसकेका छन् ।

जसपाका उम्मेदवारहरू ६ वटा गाउँपालिकाको अग्रस्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.