विन नेपाल लघुवित्तको लाभांश संशोधित

  २०७९ जेठ ३ गते १०:४८     विकासन्युज

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । बैशाख २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो ।

संशोधित लाभांशसँगै संस्थाले सेयरधनीलाई ९.३३ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसअघि संस्थाले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

अब संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । संस्थाको आगामी वार्षिक साधारण सभा (सातौं) जेठ २० गते शुक्रबार दिनको ११ बजे सिन्धुपाल्चोकको इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाले जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै जेठ २ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन नेपाल लघुवित्त वित्तीय संस्था बनेका हुन् । यससँगै विन नेपाल लघुवित्तको चुक्ता पुँजी ७ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७र७८ को संचित नाफाबाट चुक्ता पुँजीको ९.३३ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश पारित पछि संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.