काठमाडौं महानगरपालिका १ मा भरतलाल श्रेष्ठ विजयी

  २०७९ जेठ १ गते २०:३०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा भरतलाल श्रेष्ठ विजयी भएका छन् । यसअघि वडा नम्बर १ कै वडाअध्यक्ष रहेका श्रेष्ठ पुनः वडाअध्यक्षमा विजयी भएका हुन । उनी नेकपा एमालेवाट वडा अध्यक्षमा उम्मेदारी दिएका थिए ।

उनले ६६२ मतसहित विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् ।

भरतलला श्रेष्ठ सँगै महिना सदस्यमा एमालेकी रशला तण्डुकार, दलित महिना सदस्यमा नेपाली कांग्रेसकी मिना सुनार, खुल्ला सदस्यमा कांग्रेसकै शुभरत्न खड्की र सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.