वडा अध्यक्षमा २८ वर्षीय युवा निर्वाचित

  २०७९ जेठ १ गते १३:५४     विकासन्युज

काठमाडौं । खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् ।

न्यौपानेले १९७ मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् ।

न्यौपाने नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.