मत गणना अपडेट : काठमाडौंमा बालेनको अग्रता

  २०७९ वैशाख ३१ गते १२:२७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम गरेका हुन् ।

बालेन शाहले २२ मत, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मत पाएकी छन् भने एमालेका केशव स्थापितले १३ मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।

अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नम्बर १ मा हालसम्म ५० र वडा नम्बर २५ मा २५ मत गणना भएको छ । वडा १ बालेन शाह र सिंहको ११(११ मत प्राप्त गरेका छन् । सो स्थानमा स्थापितले ९ मत प्राप्त गरेका थिए ।

वडा नम्बर ३२ मा २५ मत मध्ये शाहले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । ३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.